Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मानव विकास, गरिबी निवारण, दिगो विकास प्राथमिकता हुनुपर्छ : प्रम नेपाल

वेल्जीयम - प्रधानमन्त्री माधवकुमार नेपाल अल्पविकसित मुलुक(एलडिसीज)को समन्वय ब्युरोको अध्यक्षको हैसियतले युरोपेली विकास दिवसको दोस्रो दिन “अल्पविकसित मुलुकका विशेष चुनौतीहरु” विषयमा ब्रसेल्समा आयोजित उच्चस्तरीय समूहगत छलफलमा सरिक हुनुभयो ।
उहाँले युरोपलगायत विश्वभरबाट आएका करिब एक हजार सहभागीबीच तत्काल सम्बोधन गर्नु पर्ने विषयमाथि आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

सो नीतिगत मञ्चमा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री नेपालले संरचनात्मक सीमितता, उच्च गरिबी र हतप्रभ पार्ने विभिन्न खतराजस्ता अल्पविकसित मुलुकका चरित्रलाई सन् २००७ मा सुरु भएको खाद्य, उपभोग्य वस्तु, वित्तीय र आर्थिक सङ्कटले झन् बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो-अल्पविकसित मुलुकको विकासको चुनौती नैतिक विषयमात्र होइन, यी अहिलेको भूमण्डलीकृत विश्वको अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र स्थिरतासँग पनि निकट सम्बन्धित छन् ।

प्रधानमन्त्री नेपालले विगतका सकारात्मक उदाहरणबाट सिकेर अल्पविकसित मुलुकको सुधारका लागि तिनका सफल कथाहरुलाई दोहोर्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले मानव विकास, गरिबी निवारण र दिगो विकास पहिलो, उत्पादनशील क्षमता निर्माण र पूर्वाधारको सिर्जना दोस्रो, बहुपक्षीय सङ्कटको निवारण तेस्रो, सामाजिक-आर्थिक र राजनीतिक वातावरणको निर्माण चौथो र स्रोतहरुको प्रवाहका लागि अन्तर्राष्ट्रिय सहयोग पाँचौँ प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि दिनुभयो ।

छलफलमा सहभागीले अल्पविकसित मुलुकका विशेष आवश्यकता र चुनौतीका विविध पक्षबारे प्रकाश पार्दै सकारात्मक दिशामा जान विस्तृत तथा केन्दि्रत एवं सामन्जस्यपूर्ण हस्तक्षेपका लागि आग्रह गरेका थिए

Comments :

0 comments to “मानव विकास, गरिबी निवारण, दिगो विकास प्राथमिकता हुनुपर्छ : प्रम नेपाल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger