क्वालालाम्पुर - लागु औषध कारोबारको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका हिर बहादुर घलेलाई सहयोग गर्न नेपाली दुतावासले आग्रह गरेको छ ।विहिबार दुतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदुत ऋषिराज अधिकारीले मृत्युदण्डको सजाय पाएका घलेले मुद्धामा बहसपैरवी गर्ने वकिलको फि तिर्न नसक्ने अवस्था भएकोले उनलाई सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।गत बर्ष २६ नोभेम्बर २००९ का दिन क्वालालम्पुरस्थित जलान दूता हाइकोर्टले घले तथा साजन गुरुङ्गलाई मृत्युदण्ड दिने फैसला गरेको थियो । ३० मे २००३ का दिन क्वालाम्पुरबाट पक्राउ परेका घले र गुरुङ्ग रोजगारीको लागि मलेसियामा आएका र ३ बर्षको करार अवधी सकेर नेपाल फर्कने तयारीमा थिए । मलेसियामा चिनजान भएका साथी गणेश तामाङले घलेर गुरुङलाई एउटा झोला दिएर क्वालालम्पुरको एक होटलमा पठाएका थिए । होटलमा बसिरहेको अवस्थामा मलेसियन प्रहरीले उनीहरुलाई पक्राउ गरी झोला खानतलासी गर्दा ८ सय ७५ ग्राम हिरोइन फेला पारे को थियो । झोलाका मालिक तामाङ भने फरार रहेका छन् ।
पक्राउ परेका दुवैलाई मलेसियाको कानून अनुसार लागू औषध सम्बन्धी ऐन १९५२ को दफा ३९ अन्र्तगत मुद्दा चलाइएको थियो । घलेसँगै मृत्युदण्ड सजाय सुनाईएका साजन गुरुङ्गको भने विरामी भएर मलेसिया स्थित काजाङ्ग अस्पतालमा उपचार गरिरहेको अवस्थामा २० जनवरी २०१० मा मृत्युभईसकेको छ । मलेसियाको कानूनमा सर्बोच्च अदालतको फैसला उपर ६ महिनाभित्र पुनरावेदन अदालतमा अपिल गर्न पाउने प्रावधान रहेको छ । यसै क्रममा घलेले पनि पुनरावेदनमा अपिल गरेका थिए । २० अक्टोवर २०१० मा पुनरावेदन अदालतमा उनको मुद्दाको सुनुवाई भएको थियो । आफ्नो प्रतिरक्षा गर्ने वकिलको टुङ्गो नलागेको वकिलको लागि रकमको बन्दोबस्त नभएको र उनको तर्फबाट मुद्दा लड्ने वकिललाई अध्ययन गर्ने पर्याप्त समय नभएको कारण देखाउँदै उनको मुद्दाको सुनुवाई आगामी जनवरी १७ का दिन सारिएको जानकारी राजदूत अधिकारीले दिएका छन् ।दूताबासका प्रतिनिधिसँगको भेटमा घलेले आफू निर्दोष रहेको र अाजानमा फसेकोले बचाउ गर्न अनुरोध गरेको कुरा उपनियोगले लेखनाथ भट्टराइले बताएका छन् । ूअहिले सम्म दूताबासलाई प्राप्त जानकारी अनुसार उनी निर्दोष भएकोले उनका लागि वकिलको बन्दोबस्त मिलाइएको होू भट्टराईले भने ।
मृत्युदण्ड सजाय सुनाइएका अभियुक्तलाई मलेसियन सरकारले निशूल्क वकिलको ब्यवस्था गर्ने ब्यवस्था भए पनि सरकारी वकिलले मुद्दाको गहिराईमा नपुग्न सक्ने आशंका भएकोले राजपाल िसंहलाई दूताबासले अनुरो ध गरेको कुरा दुतावासकी द्धीतिय सचिव चमेली पोखरेलले बताईन् ।
घलेको मुद्दाको बहस पैरवी गर्ने मलेसियन वकिल राजपाल िसंहले १ पटकको सुनुवाईको २० हजार आरएम शूल्क लिने बताएका छन् । हालसम्म घलेकी बहिनी उर्मिला घलेले आरएम ५ हजार पठाएकी छन् । घलेले २० हजार आरएम जुटाउन सक्ने अवस्था नभएकोले यस अघि दूताबासले सहयोगको अपिल गर्दै आएको थियो ।
पत्रपत्रिकामा प्रकाशित सुचना मात्र प्रभावकारी नभएकोले बाँकी रकम जुटाउन सबैलाई आग्रह गरिएको दुतावासद्धारा प्रकाशित अपिलमा जनाईएको छ । नुवाकोट जिल्ला बसु्रन्चेत गाविस वार्ड नं १ घर भएका घलेको घरको आर्थिक अवस्था एकदम कमजोर रहेको छ । परिवारमा घलेकी बहिनी र छोरी मात्र छन् । श्रीमतीले अन्तै विवाह गरेर गए पछि १२ वर्षीय छोरी मावलीमा बस्दै आएकी छन् । सरकारी चासोमलेसियामा मृत्युदण्ड सुनाईएका नेपालीको लागि नेपाल सरकारले अहिले सम्म कुनै चासो देखाएको छैन ।
बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि स्थापित बैदेशिक रोजगार प्रवद्र्धन कोषले पनि बैधानिक रुपले काम गरिरहेका नेपालीलाई मात्र सहयोग गर्न सकिने बताएको कुरा राजदुत अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराए । ७ वर्ष सम्म जेल जीवन विताईसकेका घलेलाई दुतावासबाट ४ पटक भेटघाट गरिएको छ ।
पर्याप्त जानकारीको अभावमा हामीले चाहेर पनि उनलाई सहयोग गर्न सकिरहेका थिएनौं । अहिले उनको अभिव्यक्ति निर्दोष भएको देखिएकोले हाम्रो तर्फबाट सक्दो पहल भईरहेको छू राजदुतले भने ।
दुतावासले उनको सहयोगार्थ रकम संकलनको लागि बैक एकाउन्ट समेत खोलेको छ । सहयोग गर्न इच्छुकहरुले MAY BANK AC No 514057311865 मा क्धषत ऋयमभ Swift Code : MBBEMYKL प्रयोग गरी रकम जम्मा गर्न सकिने अथवा दुतावासमा हस्तान्तरण गर्न सकिने दुतावासले जानकारी दिएको छ । मृत्युदण्ड सुनाईएका २ को मृत्यु राजदुतावासको जानकारी अनुसार मलेसियामा मृत्यु दण्ड सुनाई्रएका ३ जना नेपाली मध्ये १ जना घले मात्र काजाङ्ग जेलमा अन्तिम फैसला पर्खेर सजाय काटी रहेका छन् ।
विभिन्न कारणले जेल सजाय काटिरहेका नेपालीहरु धेरै भए पनि मृत्युदण्ड पाएका उनीमात्र जेलमा छनू द्धीतिय सचिव पोखरेलले भनिन् । घलेसँगै मृत्युदण्डका सजाय सुनाईएका साजन गुरुङ्गको विरामी भएर मृत्यु भएको थियो । यस अघि आफ्नै साथीको छुरा प्रहार गरि हत्या गरेको अभियोगमा पक्राउ परेका राम बहादुर राईलाई पिन मृत्यु दण्डको सजाय सुनाईएको थियो । मृत्यु दण्डको सजाय पाए पछि विछिप्त बनेका उनले गत सेप्टेम्बर १९ का दिने जेल भित्रै झुण्डिएर आत्महत्या गरेका थिए ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका नेपाली लाई सहयोग गर्न दुतावासको सार्वजनिक अपिल”
Post a Comment