कसैको बारीमा फुल नभएपछि तिहारमा भाईलाई लगाईदिने फुल अभाव भएको हो । सधै बैशाखमा बीउ राखेर असारमा बेर्ना सारेपछि असोज कात्तिकमा ढकमक्क फुल्ने फुल यस पटक कसैको घर वरपर देखिंदैन ।
'असारकै पानीले फुल मरेपछि समस्या भयो' तिङ्ला ८ की नानीमैया खड्काले भनीन् । अब तिहारको फुल काठमाडौबाट भिकाउनुपर्ला ।
सदरमुकाम आसपासका र पहुँच भएकाले काठमाडौंबाट फुल झिकाएपनि पहुँच नभएकाहरुले बारी र बगैचामा जुन फुल फुलेको छ त्यसैको माला लगाउनुपर्ने बाध्यता छ ।
'फुल राम्रो फुल्न छाडेको तीन चार वर्षभयो' स्थानिय खड्ग कार्कीले भने । फुलको बेर्ना सार्ने बेलामा अत्याधिक पानी पर्ने र फुल खुइलिने भएकाले उत्पादन घटेको हो । 'वर्षेनी यही बारीमा फुल लाएर नसक्ने हुन्थ्यो अहिले बीउ पनि नआउने भयो' फुल बेच्दै आएका नेले २ जोगराकी सानुमाया विकले भनिन् । यसपाली त फुल नै छैन ।
तिहार नजिकिंदै गर्दा गाउँका सबैजसो दिदिबहिनीलाई फुलको समस्याले सताएको छ । खोज्दा पनि नपाईने, किन्न पनि नपाईने फुल काठमाडौंमा आफन्त हुनेहरुका माईतिले मात्र लगाउन पाउने अबस्था छ । 'यहाँ किन्न पनि पाईन्न, काठमाडौंबाट पठाईदिनु भनेको छु' सल्लेरी ५ की विष्णु खड्काले भनिन् ।
लगातारको वर्षेझरी र मौसम बदलिएका कारण सयपत्री फुल हराउँदै गएको स्थानीयहरुको भनाई छ । सयपत्री फुल नपाए कागजको माला लगाउनुपर्ने अबस्था जिल्लाबासीको छ । 'सक्नेले काठमाडौंबाट झिकाउँछन्, नसक्नेले कागजको किन्नुपर्ला' सोताङकी तुलसा बस्नेतले भनिन् ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सोलुका लागि तिहारमा काठमाडौंका फुल”
Post a Comment