Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मलेसियामा पनि दशैँको रमझम सबैलाई सुभकामना !!

योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया
 हिन्दुहरुको महान चाड पर्ब विजया दशमी २०६७ मलेसियाको बिभिन्न सहरहरुमा रमझमको चहपहल तिब्र भईरहेको छ। मलेसियामा कार्यरत करिब ५ लाख भन्दा बढी नेपाली श्रमिकहरुले आफनो देशको पुरानो धर्म  साँस्कृतिकलाई नबिर्सी परमरागत दशैँ लगायात् अरु थुप्रै चाडपर्बहरु विदेशमै भएता पनि बिभिन्न कार्यक्रमका साथ मनाईरहेका छन् ।

 खाडी मुलुक मलेसियामा मात्र होईन कतार,साउदी अरब, कुवैत लगायत अरु थुप्रै देशहरुमा नेपाली कामदारहरुले आफनो चाडपर्ब मान्दै आईरहेका छन् । मुगलानमा रहेका नेपालीहरुले आफनो घर परिवार छर छिमेक साथीभाई ईष्टमित्र सम्झेर परदेसी जिबन बिताईरहनु पर्ने बाद्यता छ। बैदेसिक रोजगारीको सिलसिलामा मलेसिया आएका नेपाली- हरुलाई घरगाउमा दसैको रमाइलो छाउदा यहाँ न ता रमाइलो छाएको छ नत आमा बाबु साथी भाईहरु सग मिलेर एकै ठाउमा भेला भएर दशैँ मनाउन नपाउदा कस्तो-कस्तो नरमाइलो लागेको नेपाली  श्रमिकहरु बताउ छन् । यिनै नेपाली श्रमिकहरुको मनोरंजन अर्थात् विजया दशमी २०६७ मलेसियाको  निलाई सहर भित्र पर्ने तमान स्मारकको युनाईटेड मोरे कम्पनीमा पनि सुभकामना दशैँ २०६७ को  आयोजना गरीदैछ । निलाई सहर भित्रका २ ओटा सस्था नेपाली एकता समाज मलेसिया र असल-शासन  युवा क्लब मलेसियाले विजया दशमीको सुभकामना आधान-प्रधान भईरहेको जानकारी  दिएका छन्  ।
 

Comments :

1
प्रकाश said...
on 

happy dashain with lot's of enjoy

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger