Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

संसारकै अग्लो स्थानमा थ्रिजी

स्याङबोचे (सोलुखुम्बु), कार्तिक १२ - 'आरामै हुनुहुन्छ ?'
'सबै ठीक छ ।'
'कुन ठाउँमा हुनुहुन्छ ?'
'समुद्र सतहबाट ५ हजार ५ सय मिटर उचाइको कालापत्थरमा ।'
स्याङबोचेमा रहेका एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तिनेन र कालापत्थरमा रहेका आरोही नामग्याल शेर्पाबीच बिहीबार यसरी कुराकानी भयो । उनीहरू विश्वकै उच्च स्थानमा स्थापित एनसेलको थ्रिजी स्टेसनबाट कुराकानी गर्दै थिए ।
कुराकानीका क्रममा शेर्पाले एनसेल डाटा सेवामार्फत स्याङबोचेमा रहेको एनसेलका अन्य अधिकारी र पत्रकार टोलीलाई विभिन्न हिमाल मोबाइलको स्क्रिनबाटै देखाउन पनि छुटाएनन् । कोइस्तिनेन समुद्र सतहबाट ३ हजार ८ सय मिटरमा थिए भने शेर्पा ५ हजार ३ सय मिटरमा थिए ।
स्पाइस नेपाल (एनसेल) ले संसारको सबैभन्दा उच्च स्थानमा बेस स्टेसन (टावर) राखेर द्रुत गतिको  थ्रिजी सेवा सुरु गरको हो । कम्पनीले ५ हजार २ सय मिटर उचाइको सगरमाथा आधार शिविरमा स्टेसन राखी सेवा सुरु गरेको छ ।
यस स्टेसनबाट कम्पनीले उच्च गतिको मोबाइल डाटा सेवा पनि प्रदान गर्ने जनाएको छ । 'यो हाम्रा लागि ठूलो उपलब्धि हो,' कोइस्तिनेनले स्याङबोचेबाट कालापत्थरमा रहेका नामग्याल शेर्पासँग भिडियो फोनमा कुराकानी गरेपछि सञ्चारर्मीहरूलाई भने, 'विश्वकै उच्च स्थानमा पुगेका छौं । यसबाट हामी धेरै खुसी भएका छौं ।' स्विडेनको एक खानीमा समुद्र सतहबाट १ हजार ४ सय मिटर तल पनि सेवा दिएको उनले जनाए ।
पर्यटकीय क्षेत्रमा सुरु भएको  थ्रिजी र डाटा सेवाले नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग पुर्‍याउने एनसेलका स्थानीय साझेदार एवं गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष उपेन्द्र महतोले बताए ।
खुम्बु क्षेत्रमा सुरु यो सेवाबाट स्थानीय बासिन्दाका साथै पदयात्री र हिमाल आरोहीले सहज र सस्तो रूपमा गुणस्तरीय  थ्रिजी र द्रुत गतिको इन्टरनेट सेवा पाउनेछन् । उच्च स्थानमा रहेको थि्रजी बेस स्टेसनको माध्यमबाट इन्टरनेट प्रयोग गर्ने, इमेल र भिडियो पठाउन लाग्ने शुल्क स्याटलाइट फोनभन्दा सस्तो हुने कम्पनीले जनाएको छ । सगरमाथा आधारशिविरको चीनतर्फ टुजी सेवामात्र छ । अब सगरमाथा क्षेत्रमा एकैपल्ट ५० जनाले कुरा गर्न सक्ने प्राविधिकहरूले जनाएका थिए ।
एनसेलले करिब एक महिना अगाडि थि्रजी सेवा भित्र्याएको थियो । यसमा उपभोक्ताले राम्रो डाटा सेवा पाउनेछन् ।  थ्रिजी भित्र्याएको पन्ध्र दिनपछि कम्पनीले 'एनसेल कनेक्सन' काममा उच्च गतिको डाटा सेवा भित्र्याएको थियो । एनसेलमा ८० प्रतिशत लगानी रहेको टेलियासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्स निवर्गले संसारकै सबैभन्दा होचो ठाउँमा मोबाइल सञ्चालन गर्न सफल कम्पनीले संसारकै अग्लो ठाउँमा मोबाइल सेवा सञ्चालन गर्दा धेरै उत्साही भएको बताए ।

Comments :

0 comments to “संसारकै अग्लो स्थानमा थ्रिजी”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger