Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

राष्ट्रपति डा. यादव साङ्घाईमा

साङ्घाई (चीन), कार्तिक १२ - राष्ट्रपति डा रामवरण यादव साङ्घाई एक्स्पो–२०१० को समापन समारोहमा भाग लिन शुक्रबार यहाँ आइपुगेका छन् ।
मित्रराष्ट्र चीनको सातदिने मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा ल्हासा, सिआन हुँदै चौथो दिन यहाँ आइपुगेका हुन् । विश्वका अधिकांश देशका औद्योगिक प्रतिष्ठान तथा व्यापारिक संस्थाहरू सहभागी रहेको सो अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी छ महिनादेखि यहाँ सञ्चालित छ ।
राष्ट्रपति डा यादव यहाँस्थित फुतोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह चार बजे आइपुग्दा साङ्घाई महानगरपालिका जनसरकार उपप्रमुख, बेइजिङस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख नारायणदेव पन्त, सैनिक सहचारी गणेशबहादुर भण्डारी, साङ्घाईस्थित अवैतनिक वाणिज्यदूत उ च्यान मिङलगायत नेपाली जनसमुदायले स्वागत गरेका थिए ।
यसअघि राष्ट्रपति डा यादवलाई सिआन विमानस्थलमा सान्सी प्रान्तका परामर्शदात्री परिषद्का उपाध्यक्षले विदाई गरेकी थिइन् ।
राष्ट्रपति डा यादवको शुक्रबार साँझ पेभिलियनमा सहभागी नेपाली व्यावसायीहरूसहित यहाँ रहेका नेपाली प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी फुतोङस्थित इन्टरकन्टिनेन्टल होटलमा बसेका छन् ।
भ्रमण दलमा राष्ट्रपति डा यादवकी पुत्री अनिता यादव, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारी, राष्ट्रपतिका सल्लाहकारद्वय डा सूर्यप्रसाद शर्मा ढुङ्गेल र हरि शर्मा, चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्की, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्रसचिव डा मदनकुमार भट्टराईलगायत उच्च अधिकृत तथा पत्रकार संलग्न छन् ।

Comments :

0 comments to “राष्ट्रपति डा. यादव साङ्घाईमा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger