पहिलोपटक प्रस्तुत भएका छन्। शुक्रबार नेपालभर एकसाथ प्रदर्शनमा आउने यो फिल्ममा लेखन प्रदीप भारद्वाज, छायांकन सञ्जय लामा, नृत्य राजु शाह, राजेन्द्र खड्गी र संगीत सुरेश अधिकारीको रहेको छ। फिल्ममा रेखा थापा, आर्यन सिग्देल, कमलकृष्ण, नीर शाह, रमा थपलिया लगायतको मुख्य भूमिका छ।
२. नेपालअभिनेता सुधांशु जोशीले निर्मल शर्मा र राजनकुमार शाहीसँग मिलेर बनाएको यो फिल्मले काठमाडौंको विश्वज्योतिसहितका हलमा शुक्रबारको पालो पाएको हो। दयाराम दाहालद्वारा निर्देशित र यसअघि काठमाडौंबाहिर चलिसकेको फिल्म देशभक्तिपूर्ण कथामा आधारित रहेको बताइएको छ। फिल्ममा बिकाउ मानिएका कलाकारहरूको भीड रहेको छ। राजेश हमाल, धीरेन शाक्य, सुधांशु जोशी, राजेन्द्र खड्गी, दीपकराज गिरी, सञ्चिता लुइँटेल, सज्जा मैनाली, पूर्ण थापा, निर्मल शर्मा आदिले यसमा अभिनय गरेका छन्।
३. बिदाइ काठमाडौंबाहेकका सहरमा शुक्रबार रिलिज हुन लागेको ...बिदाइ' पनि धेरै समयदेखि प्रचारप्रसारमा रहेको फिल्म हो। रामजी लामिछानेद्वारा निर्मित तथा निर्देशित यसमा निखिल उप्रेती, झरना थापा, रमित ढुंगाना, सुशील पोखरेल, रामकृष्ण बजगाई र विष्णु सापकोटाले अभिनय गरेका छन्। दिनेश न्यौपानेको लेखन, दीपक बज्राचार्यको छायांकन, दिनेश सुनामको संगीत, रोशन श्रेष्ठको फाइट, रामजी लामिछाने र शिव बिकको नृत्य 'बिदाइ'मा हेर्न पाइनेछ।
४. बन्दीविजय केरुङको निर्देशनमा बनेको ...बन्दी' पनि यही शुक्रबार दसैंको अवसरमा काठमाडौंबाहिर रिलिज हुँदैछ। अमर रसाइलीले लेखेको यस फिल्ममा किशोर ढकालको छायांकन, एनबी महर्जनको फाइट, गोविन्द राई र पूर्णम राईको नृत्य र महेश खड्काको संगीत रहेको छ। यो फिल्ममा पनि परिचित कलाकारहरूको सहभागिता बाक्लो छ। दिलिप रायमाझी, आर्यन सिग्देल, सुमन सिंह, अरुणिमा लम्साल, सञ्चिता लुइँटेल र सञ्चिता गुरुङ नायकनायिका छन्।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “दसैँमा रिलिज भएका फिल्महरु”
Post a Comment