Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

टीकाको साइत बिहान १० बजेर ४३ मिनेटबाट शुरू


बिजया दशमी
नेपालीहरूको सबभन्दा ठुलो चाड बडादशैँको सबभन्दा महत्वपूर्ण दिन आज बिजया दशमीका रूपमा मनाउने गर्दछौ। आजको दिन मानिसहरूले आफ्ना मान्यजनहरूबाट टीका ग्रहण गर्ने गर्दछन्। यसरी आ-आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा घटसस्थापनाका दिन रोपेको जमरा समेत दिने गर्दछ।


नेपाल पञ्चांग निर्णायक समितिले यस बर्ष विजयादशमी टीकाको साइत बिहान १० बजेर ४३ मिनेटबाट शुरू हुने भनेको छ। मानिसहरूले दशमीका दिन देखी कोजाग्रत पूणिर्मासम्म टीका ग्रहन गर्ने गर्दछन्। आजकै दिनलार्इ असत्य माथि सत्यको बिजय दिवशका रूपमा लिने गरेकोले यसलार्इ बिजया दशमी भन्ने गरिन्छ।

विजयादशमीको अवसरमा राष्ट्रपति डा राम बरण यादवले बडा दशैको शुभकामना दिदै नेपाली जनताले ठूलो बलिदान गरेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी मुलुकमा विधिको शासन सुनिश्चित गर्नका निम्ति संविधानसभाले समय भित्र लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प छैन भनेका छन् ।
बिजया दशमीको उपलक्ष्यमा हाम्रो संखुवासभा  परिवारबाट पनि सम्पुर्ण पाठकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।


 

Comments :

0 comments to “टीकाको साइत बिहान १० बजेर ४३ मिनेटबाट शुरू”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger