`` देशै भरि छाएको छ घनघोर संनाटना
बर्बर आसु खसाल्दैछिन आज मेरी नेपाल आमा,
रोएकिछिन नेपाल आमा आज देशमा दुःख पर्दा
आफ्नै सन्तानहरु बीच झगडा र मारकाट् हुँदा,
सन्तानलाई सम्हालेर राख्न आज नसक्दामा
पुर्पुरोमा हात राखी धिक्कार्दैछिन् नेपाल आमा,
कति मरे छोरा नाती कति मरे दाजुभाई
पुत्र शोक परेको छ आज नेपाल आमालाई
दुइचार कुपुत के जन्मिए देशलाई पारे ध्वस्त
पछुताउछिन् नेपाल आमा कोखलाई दिदै दोष,
धमिरे ति ब्वासाहरुले खोक्र्याए देश आज
शान्ति देश मेरो नेपाल भन्न लाग्छ लाज,
कस्तो चिज कुर्ची भन्ने त्येस्कै निम्ति घुडा धसे
देश जलेर खरानी भो कुर्चीबाटै हेरि बसे
मारकाट् छोड दुइहात जोडी गर्दैछु म बिन्ति
सबै मिलि अघि बढ यो आमाको निम्ति
सबै मिलि अघि बढ यो आमाको निम्ति,,
बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८
हाल >>->->> सूर्या रोशनी ली. (शाखा कार्यालय)
फरीदाबाद हरियाणा (भारत )
मो.0091.9716316049 0091.9716316049










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “!! रोएकिछिन् नेपाल आमा !!”
Post a Comment