Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आश्रममा नायिका


कुनै समय ग्ल्यामर्स ‘राजकुमारी’को उपमा पाएकी नायिका पुजना प्रधान यतिबेला पुरानो बानेश्वर बत्तिसपुतलीस्थित जयसङ्गतको आश्रममा दिनहुँ भेटिन्छिन्, कुनै महायज्ञ गर्नका लागि भने होइन । ‘जयसङ्गत’को अभिवादनबाट सुरु हुने उनको दैनिकी धर्म, दर्शन, जीवन र जगतको व्याख्यामै बित्ने गरेको छ ।
सधकका रूपमा फेरिएकी उनी भौतिक सुखसुविधा र जीवनशैलीभन्दा आश्रमको गेरु वस्त्र, ध्यान, योगमै रमाउन थालेकी छन् । आश्रमको आँगनमा जटाधारी भीमकाय शिवको मूर्तिसमेत राखेकी उनले चलचित्र उद्योगलाई माया मारेकी भने छैनन् । चलचित्र हिरोमार्फत् रजतपटमा प्रवेश गरेकी पुजनाले २५ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् ।
चलचित्र ‘धनवान’मा राजेश हमालको जोडीका रूपमा देखिने पुजना चलचित्र छनोटका मामिलामा अलि ‘चुजी’ भएकी छन् । चलचित्रमा प्रवेश गरेपछि नाम नै फेरेकी उनी पूजाबाट पुजना भइन् । चलचित्र क्षेत्रमा हुने प्रोपोगण्डाका कारण नाम नै फेर्नुपरेको उनको गुनासो छ ।
आध्यात्मिक चिन्तनमा डुब्न थालेपछि भने उनी भइन् पुजना स्त्री । नायिका कम र सधक बढी पुजना विवाहका बारेमा खासै खुल्न चाहिनन् । बितेका प्रेम कथा खोतल्न पनि रुचाइनन् । सन्यासी नै बन्ने योजना पनि बनाइसकेकी छैनन् ।
“जुन बेला मलाई प्रेमको अर्थ थाहा थिएन, त्यो बेला प्रेम गरेँ । जसको अहिले केही अर्थ छैन”, पुजना भन्छिन्- “अहिले प्रेमको अर्थ बुझेर प्रेम गर्ने र गुरु जस्तो कोही भेटेकी छैन ।” आध्यात्म र ग्ल्यामरको ‘फ्युजन’ बनेकी पुजना नेटवर्क बिजनेसका कारण विवादमा पनि तानिइन् ।

Comments :

0 comments to “आश्रममा नायिका”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger