Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

समुद्रमा डुवेकि नम्रतालाई दिलिपले बचाए

क्वालालम्पुर । मलेसियामा सुटिङ भैरहेको चलचित्र ‘मिस यु’ को सुटिङको क्रममा नायक दिलिप रायमाझि, नायिका नम्रता श्रेष्ठ र नवनायक बरुण राना चढेको मोटरबोट दुर्घटना भएको छ ।
पेनाङ राज्यको वाटुफिरिगीको समुद्रमा शनिवार सुटिङ भैरहेको अवस्थामा उनीहरु चढेको मोटरबोट दुर्घटना भएको हो ।

चलचित्रमा रहेको मोटरवोट प्रतियोगिताको दृष्य सुटिङका लागि नवनायक वरुण रानाले मोटरवोट चलाएका थिए भने नायक दिलिप र नायीका नम्रता त्यसमा सवार थिए ।
सवै जनाले लाईफ ज्याकेट लगाएको कारण कलाकारहरु सुरक्षित भएको निर्देशक सुरेश दपर्ण पोखरेलले जानकारी दिए । पौडिन नजानेका कारण समुद्रमा डुवेकि नम्रतालाई दिलिपले उद्धार गरेका थिए ।
चलचित्र मिस यु को छायाङ्कनका लागि सुटिङ युनिट करिव डेढ महिनादेखि मलेसियामा रहेको छ ।

Comments :

0 comments to “समुद्रमा डुवेकि नम्रतालाई दिलिपले बचाए”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger