Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

एसएसबीले बाबु मारेपछि खाना नपाएर एक बालकको मृत्यु


३० भदौ, रौतहट । भारतीय सीमासुरक्षा बल एसएसबी ले आफ्ना बाबुको कुटपिट गरि हत्या गरेपछि रौतहटमा एक बालकको खाना नपाएरै मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको सरमुजवा गाविस-८ का मुकुल भनिने स्वर्गीय रामएकवाल राय यादवका एक वर्षीय छोरा राजाबाबु रहेको स्थानीय बासिन्दाले बताएका छन् रौतहटमा सानो पसल थापेर आफ्ना छ सन्तान सहित परिवारको गुजारा चलाउँदै आएका यादवको केहि महिना पहिले भारत जाने क्रममा भारतीय सीमा सुरक्षामा खटिएको एसएसबीको निर्घात कुटाइबाट मृत्यु भएको थियो । 

भारतीय सुरक्षाबलको ज्यादती विरुद्ध स्थानीय बासिन्दाले प्रदर्शन एवम् बजार बन्द गराई दबाब दिएका थिए । सोही जनप्रदर्शनका कारण स्थानीय प्रशासनले क्षतिपूर्ति उपलब्ध गराउन गत वर्ष कात्तिक १७ गते गृह मन्त्रालयमा पत्राचार गरे पनि हालसम्म उनको परिवारले राहत रकम पाएको छैन । 

मृतक रामएकवालकी आमा ७५ वर्षीया सुरजिया देवी र श्रीमती उर्मिलादेवी गाउँघरमा मागेर छ जना सन्तान पाल्दै आएका छन् । 

तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको मोतीहारीका डिस्ट्रिक मेजिस्ट्रेटबीच घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त भएको थियो ।

भारतीय पक्षले एक पक्षीयरुपमा छानबिन समिति बनाइ मृतक रामएकवाललाई नसमातेको र कुटपिटसमेत नगरेको प्रतिवेदन नेपाली पक्षलाई दिएको थियो । 

कतैबाट कुनै किसिमको सहयोग नहुँदा मृतकका परिवार नारकीय जीवन बिताउन बाध्य भएका छन् । मागेर घर गुजारा चलाउनुपर्ने र २-४ दिनमा एकपटक मात्रै खाना पाउने ती परिवारका अन्य सदस्यको अवस्था पनि दयनीय बनेको छ । 

Comments :

0 comments to “एसएसबीले बाबु मारेपछि खाना नपाएर एक बालकको मृत्यु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger