Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दशै आयो ! पर्सीबाट अग्रिम बस टिकट बुकिङ खुल्ला



३० भाद्र काठमाडौं । दसैंमा यात्रुहरुको चापलाई ध्यान दिएर यातायात व्यवसायीले असोज एक गतेदेखि अग्रिम  बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुहरुलाई सुविधा होस् भनेर सबै यातायात व्यवसायीलाई असोज एक गतेदेखि बुकिङ खुल्ला गर्न निर्देशन दिएको हो ।दसैंमा यात्रुहरुको चाप बढ्ने भएकाले काठमाडौं उपत्यकाभित्र १५ सय बस थपिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिब सरोज सिटौलाले जानकारी दिनुभयो । 

गोङ्गबुलगायत क्षेत्रमा नक्कली टिकट काट्नेहरुको बिगबिगी हुने भएकोले त्यसप्रति सचेत हुन र आधिकारीक काउन्टरबाट मात्र टिकट काट्न सम्पूर्ण यात्रुहरुलाई महासंघले आग्रह गरेको छ । सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार बैज्ञानिक भाडादरभन्दा बढी लिने यातायात व्यवसायीलाई कारबाही गर्ने महासंघले प्रतिबद्धता पनि जनाएको छ ।

Comments :

0 comments to “दशै आयो ! पर्सीबाट अग्रिम बस टिकट बुकिङ खुल्ला”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger