Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

हिमानीलाई पनि तीज


नेपाली दिदीबहिनीहरु माझ उल्लास र उमंग बोकेर आउँदै गरेको तीज पर्व जतिजति नजिकिंदै गएको छ उत्तिनै नेपाली दिदीबहिनीहरु खेलेर रमाईलो कार्यक्रममा सहभागि हुन थालेका छन् । गत वर्षहरुमा झैं यसवर्ष पनि तीज आउनु अगावै देखि विभिन्न संघसंस्था र महिला समूहरुको आयोजनामा ‘दर खाने’ कार्यक्रमहरु त भइरहेकै छन् ।
यसका साथै अन्य फरक किसिमका रमाईला कार्यक्रमहरु पनि आयोजना हुन थालेका छन् । यसै सिलसिलामा शनिबार लाजिम्पाट टुरिजम बोर्डले राजधानीमा यस्तै एक फरक कार्यक्रम आयोजना गर्‍यो । ‘तीज परी प्रतियोगिता’ नाम दिएर आयोजना गरिएको सो कार्यक्रमकी प्रमुख अतिथिको रुपमा थिइन् पूर्व युवराज्ञी हिमानी शाह ।
तस्विरः दिपेश कार्की/अनलाइनखबर

Comments :

0 comments to “हिमानीलाई पनि तीज”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger