हाम्रो संखुवासभा समाचारदाता
युनिटी नेटवर्किङ्ग उपभोक्ता समूहले युनिटी लाइफ इन्टरनेसनल लिमिटेडमाथि ठगीको आरोप लगाएकोमा सत्यतथ्य पत्ता लगाएर मात्र कार्बाही गर्न सरकारसँग माग गरेको छ ।समूहद्वारा राजधानीमा आयोजित न्यायकालागि हारगुहार विषयक छलफल कार्यक्रममा कम्पनीले जानेर वा नजानेर गल्ती गरेको भए कानुन बमोजिम सजाय भोग्न तयार भएको भन्दै राज्यले सत्यतथ्य कुराको जाँचबुझ गरी निष्कर्षमा पुग्न आग्रह गरेको छ ।कार्यक्रममा मानवअधिकारकर्मी सुदीप पाठकले युनिटीका सदस्यलाई राज्यले भयबाट मुक्त गराउनुपर्ने भन्दै कम्पनीका व्यक्तिलाई जथाभावी पक्राउ गर्ने नहुने बताउनुभयो ।नेपाल बार एसोसिएसनका महासचिव विजय मिश्रले नेटवर्किङ्ग व्यवसायसम्बन्धमा राज्यले उचित छानबिन गरेरमात्र कारबाही अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।पीडित नेटवर्किङ उपभोक्ता समूहका अध्यक्ष तिलक भुसालले कम्पनीभित्र रहेका सदस्यले आफ्नो पैसा लिन चाहेमा पैसा फिर्ता दिने र राज्यले सहज वातावरण बनाइदिए एक हप्ताभित्र सो कम्पनी सञ्चालनमा ल्याउने धारणा व्यक्त गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सहज बातावण भए युनिटीले पैसा फिर्ता दिने”
Post a Comment