नेपाल आदिबासी जनजाति महासंघ संखुवासभाले यस बर्षको आदिबासी दिबस जिल्लाका बिभिन्न इलाकामा मनाउने तयारी गरेका छन् । महासंघले साउन २४ गते हुने दिवश जिल्लाको बाह्रबिसे खाँदबारी हेदाङना ताम्कु मादिमुलखर्क वानाबिहिबारे चैनपुर लगायत १० बढी स्थानमा मनाउने तयारी गरेको जनाएको छ ।
बिगतका बर्षमा भन्दा यस बर्षको आदिबासी दिवश अधिकार प्राप्तीका लागि आन्दोलनमुखी हुने भएकाले जिल्लाभरनै मनाउन लागिएको महासंघका अध्यक्ष कृष्णप्रसाद तामाङ्गले बताउनुभयो । आदिबासी जनजातिका हक अधिकार र अन्तराष्ट्रिय महासन्धिको पालना जस्ता बिषय अव बन्ने संबिधानमा ग्यारेण्टीका साथ लेखिनु पर्ने आरक्षण सिटको व्यवस्था हुनु पर्ने जस्ता माग लाई कार्यन्वयन गराउन यस बर्ष आदिबासी दिवसलाई अधिकारका लागि आन्दोलन भन्ने नारा सहित मनाउन तयार गरेको महासंघका सचिव मानबहादुर लिम्बुले जानकारी दिनुभयो ।
महासंघले बाह्रबिसे क्षेत्रमा सचिव मानबहादुर लिम्बु हेदाङ्नागडीमा सदस्य शेरबहादुर याम्फु चैनपुर क्षेत्रमा उपाध्यक्ष डम्बरबहादुर श्रेष्ठ ताम्कु क्षेत्रमा नरभुपाल राई लाई प्रतिनिधी पठाउने निर्णय गरेको छ ।
उता जनजाति महासंघले यस बर्षको आदिबासी दिवसलाइ सफताका साथ मनाउन जिल्लाका बिभिन्न स्थानमा भित्तेलेखन सम्पन्न गरेका छन् । महासंघले आदिबासी जनजातिको मुद्धाका बिभिन्न नाराहरु भित्तेलेखन गरी आन्दोल सफल बनाएका हुन् ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “गाउँगाउँमा आदिबासी दिवश मनाउने तयारी”
Post a Comment