Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

यातयात मजदुरले बाटो निर्माण


जिल्लाको सभाखोलादेखि खाँदबारी सम्मको सडक यातयात मजदुरहरुले मर्मत गरेका छन् । यहाँ बर्षादले बाटो भत्काए पछि यातयात साचालन हुन नसके पछि मजदुरहरुले १४ किलोमिटर सडक मर्मत गरेका हुन् ।

बाटो भत्किए पछि एक महिना देखि यहाँ यातयात निरन्तररुपमा साचालन हुन सकेको थिएन । बाटो जिर्ण भएको भन्दै यहाँका ५० बढी यातयात मजदुरहरुले साउन ११ दखि १४ गते सम्म मर्मत गरेको यातयात मजदुरहरुले बताएका छन् । सभा- खाँदबारी सडक २०५८ साल देखि निरन्तर रुपमा यातयात साचालनमा रहे पनि सडक मर्मत भने हाल सम्म अन्य निकायले गरेको थिएन ।

यो सडक राम्रो हुदाँ दैनिक ४० बढी ट्याक्सी ट्रक र टेक्टर चल्ने गर्छन । यातयात साचालनमा समस्या भएबाट व्यवसाहीहरुले सडक मर्मतका लागि मजदुरहरुलाई प्रयोग गरेको संघका अध्यक्ष हरीश्वर थापामगरले जानकारी दिनुभयो ।



Comments :

0 comments to “यातयात मजदुरले बाटो निर्माण”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger