Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

निकुाजमा पंक्षी र जनावर मार्ने क्रम बढ्यो


छेटु शेर्पा
सङ्खुवासभा समाचारदाता
सङ्खुवासभा साउन ५ गते । सङ्खुवासभा र सोलुखुम्वुमा फैलिएको मकालु बरुण राष्ट्रिय निकुाजमा बन्ज जन्तु र पंक्षी मार्नेक्रम बढेको छ ।
सिकारीले पासो थापेर कस्तुरी मृग घोरलजस्ता जङ्गली जनावर र डाँफे चिलिमेजस्ता पंक्षीहरु मार्ने गरेका हुन् । यहाँका स्थानीयबासी र निकुन्जकै कर्मचारीको मिलोमतोमा लोपन्मुख जङ्गली भालु लगायत शिकार गरी मार्ने क्रम बढेको हो । गत साता मात्र निकुाजको सोलुखुम्वु स्थित बुङ सेक्टरको ठङनाकमा दुईवटा चिलिमे र एक डाँफे पासोमा मृत भेटिएको नकिुाजले जनाएको छ ।
सिकारीले पासो थापेर दिनदिनै बन्यजन्तु र पंक्षी मार्न थालेपछि निकुाजले गस्ती कडा बनाएको छ । बन्य जन्तु र पंक्षी मार्ने तस्करको खोजि भइरहेको प्रहरीले जनाएको छ । नेपालमै सुरक्षा बिनाको निकुन्ज मकालु बरुण राष्ट्रिय निकुन्ज हो । यहाँ ७८ ओटा सामुदायिक वन रहेका छन् । ति मध्ये सङ्खुवासभाका १० र सोलुखुम्बुका २ गरी १२ ईकाई समिति रहेका छन् । यि ईकाई समितिहरुको नेतृत्वमा मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति गठन भए पनि हाल यहाँको पशुपंक्षीको सुरक्षा भने प्रभावकारी भएको पाईदैन । मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकिरण राइका अनुसार स्थानीयबासीमा सचेतना कार्याक्रम प्रभाबकारी रुपमा नल्याए सम्भव नभएको स्वीकारनुहुन्छ ।
यहाँ चोरी शिकारीको प्रमुख कारण नै किमाथाङकाको खुल्ला नाका हो । यहाँ नाका खुल्ला भएबाट भालुको हात खुट्टा कस्तुरीको छाला बिना मृगको छाला र यासा्रगुन्बुको निकाशी दिनानु दिन बड्दो रहेको छ ।

Comments :

0 comments to “निकुाजमा पंक्षी र जनावर मार्ने क्रम बढ्यो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger