Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

जुम्ल्याहा दिदीबहिनी जिल्ला टप

                                            हाम्रो संखुवासभा समाचारदाता
बुटवलका जुम्ल्याहा दिदी-बहिनीले यस वर्षको एसएलसी परीक्षामा सरकारी विद्यालयतर्फ रूपन्देही जिल्ला टप गरेका छन् । कालिका माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत जुम्ल्याहा गंगा र जमुना श्रेष्ठ जिल्ला प्रथम र द्वितीय भएका हुन् ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी गंगाले ८४ दशमलव ५ र जमुनाले ८३ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको जानकारी गराएको छ । यी दिदी-बहिनी सधैँ कक्षामा पनि प्रथम र द्वितीय नै हुन्थे ।प्राचार्य घनश्याम पाठक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र क्षेत्रीद्वारा जारी विज्ञप्तिमा एक सय बढी विद्यार्थी एसएलसीमा सहभागी गराएर जिल्लामा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने, सबैभन्दा धेरै -चारजना) विशिष्ट श्रेणीमा र सबैभन्दा धेरै प्रथम श्रेणीमा -४७ जना) उत्तीर्ण गराउने जिल्लाकै उत्कृष्ट सरकारी विद्यालय भएको उल्लेख छ । सो विद्यालय यसअघि पनि लगातार तीनपटक जिल्ला प्रथम भएको विज्ञप्तिमा उल्लेख छ । विद्यालयले बुधबार उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान गरेको छ ।

Comments :

0 comments to “जुम्ल्याहा दिदीबहिनी जिल्ला टप”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger