
हाम्रो संखुवासभा समाचारदाता
नायिका रेखा थापा र नवनायक आयुष रिजाल एकै दिन दुइटा फिल्ममा अनुबन्धित भएका छन् । पछिल्लो समयमा 'केमेस्ट्री मिलेको जोडी' का रूपमा कहलिएका रेखा र आयुषले मंगलबार खुसी र जलजला नामक दुई फिल्म साइन गरेका हुन् ।
फिल्म निर्माणमा तीव्रता आए पनि कतिपय नायक-नायिकाको हात अहिले पनि खाली नै छ । तर, रेखाले निर्माण गरेको हिफाजत फिल्मबाट डेब्यु गरेका नवनायक आयुष अचेल एकपछि अर्काे फिल्ममा व्यस्त भएका छन् ।
हिफाजतपछि सडक र च्यालेन्जमा रेखाको जोडी भई अभिनय गरेका आयुष एकै दिन दुइटा फिल्म साइन भएकोमा आफू निकै पुलकित भएको बताउँछन् । 'निकै खुसी लागेको छ,' आफू अभिनित एउटा मात्रै फिल्म रिलिज भए पनि निर्माता निर्देशकले सम्भावनाको रूपमा लिएर भटाभट साइन गराएकोमा आफूलाई जिम्मेबारी अझ बढेको महसुस भएको बताउँदै उनले भने, 'हिफाजतमा मैले गरेको कामको प्रशंसा भयो । त्यसकारण पनि मलाई एकपछि अर्को फिल्म हात परेजस्तो लाग्छ ।' दिलोज्यान दिएर काम गर्ने भएकाले आफू निर्माता-निर्देशकको नजरमा परेको अनुमान उनको छ ।
जलजला शिवजी लामिछानेको निर्देशनमा बन्दै छ भने खुसी गोपीकृष्ण मुभिजले निर्माण गर्दै छ । जलजलामा आफू क्रान्तिकारी युवतीको भूमिकामा रहेको बताउँछिन् रेखा । 'अन्याय, अत्याचारबाट दमित सानु नामक पात्र पछि क्रान्तिकारी जलजला भएर निस्कन्छे,' आफू शीर्ष भूमिकामा रहेको बताउँदै रेखाले भनिन्, 'दाइको सुरक्षाका लागि बहिनी पनि लड्न सक्छे भन्ने उत्प्रेरणापूर्ण रोलमा छु ।' खुसी भने ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्दै छ । खुसीमा आफू लभर लेडीको भूमिकामा रहेको रेखा बताउँछिन् । 'सबैलाई खुसी दिने खुसीको भूमिकामा छु,' उनले भनिन्, 'दुबै फिल्म मेरा लागि निकै महत्त्वपूर्ण छन् । ' खुसीमा पनि आयुष रेखाको प्रेमीको भूमिकामा देखापर्दै छन् ।
आफू एकै दिन दुइटा फिल्ममा अनुबन्धित भएको पहिलो घटना भएको बताउँछिन् रेखा पनि । 'यति धेरै फिल्म खेलिसकियो तर अहिलेसम्म एकै दिनमा दुइटा फिल्म साइन गरेकी थिइनँ,' उनले भनिन्, 'दुबै फिल्म सुपरहिट हुन्छन् भन्ने लागेको छ ।' रेखा र आयुष अचेल श्याम भट्टराईको निर्देशनमा बनिरहेको च्यालेन्ज फिल्मको सुटिङमा छन् । च्यालेन्जपछि खुसी र त्यसपछि मात्रै जलजलाको सुटिङ सुरु हुनेछ ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एकै दिन दुइ फिल्म साइन”
Post a Comment