Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

तत्काल सरकार परिवर्तन हुदैनः एमाले सचिव

हाम्रो संखुवासभा समाचारदाता
चितवन, अषाढ १२ - एमाले सचिव युवराज ज्ञवालीले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको ठोकुवा गरेका छन् ।

सरकार परिवर्तन हुन सहमति आवश्यक रहेको भन्दैं उनले माओवादी र कांग्रेस सहमति गर्नेतर्फभन्दा सत्ता केन्दि्रत राजनीतिमा लागेकाले तत्काल त्यो सम्भावना नरहेको बताएका हुन् ।
प्रेस चौतारी, चितवन शाखाले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकारसम्मेलनमा ज्ञवालीले सहमति निर्माणका लागि गम्भीर भएर लाग्न कांग्रेस र माओवादीसँग आग्रह गरे ।
उनले माओवादी नागरिक पार्टीमा रूपान्तरित नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआउने बताए ।
माओवादी लडाकुको समायोजन र उसको इमान्दारिता प्रस्ट नभएसम्म सहमति हुन नसक्ने भन्दै उनले एमाले सहमतिका लागि सधैं तयार रहेको उल्लेख गरे ।
राजनीतिक गतिरोध अन्त्यका लागि सहमति र सहकार्यको विकल्प नभएको भन्दैं नेता ज्ञवालीले तत्काल सहमति कायम नभए देश दुर्घटनामा फस्ने बताए ।

Comments :

0 comments to “तत्काल सरकार परिवर्तन हुदैनः एमाले सचिव”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger