Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

ए माओवादीद्धारा अमेरीका भ्रमणमा रहेका आफ्ना नेताहरुलाई नेपाल फर्कन आग्रह

हाम्रो संखुवासभा समाचारदाता
नेकपा एकिकृत माओवादीले अमेरिका भ्रमणमा रहेका आफ्ना ४ जना नेताहरुलाई नेपाल फर्कन आग्रह गरेको छ ।
शुक्रबार सम्पन्न पोलिटव्युरोको बैठकपछि प्रबक्ता दिनानाथ शर्माले पोलिटव्युरो सदस्य अग्नि सापकोटाको विषयमा केहि गैरसरकारी सस्थाको अस्वस्थ विरोध भएको आफ्नो पार्टीलाई मान्य नहुने बताउदै सो निर्णय गरिएको उनले बताए ।
यसैबीच एकीकृत माओवादीको असार १ गतेदेखि लगातार चलेको बैठक आगामी असोजमा बिस्तारित बैठक गर्ने निर्णय गर्दै सुक्रबार सकिएको छ ।


सो बैठकले प्रधानमन्त्रीको राजीनामा आए आफ्नो नेतृत्वमा सरकार गठन गर्न पनि तयार हुने र राजीनामा नआएको खण्डमा सदन अबरुद्ध गर्दै सरकारका गतिविधि ठप्प पार्ने निर्णय समेत गरेको छ । एकीकृत माओवादीको पोलिटब्यूरोको यो लामो बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका विषयमा पनि निकै छलफल चलेको थियो ।


सरकारमा नजाने र प्रतिपक्षमै बस्ने मानसिकतामा आफ्नो धारणा राखेका प्रचण्डले पोलिटब्यूरोको बैठकपछि सरकारमा जानसक्ने समेत निर्णय भएको कुरा बाहिर आयो । तर राजनीतिक पर्यवेक्षकहरुले भने प्रधानमन्त्रीको रुपमा चर्चामा आएका ए. माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईले शान्ति र संविधानका लागि आफू जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताए पछि मात्र प्रतिपक्षमा बस्ने निर्णय गर्न थालेको ए. माओवादीले सरकारको नेतृत्व गर्न सक्नेसमेत निर्णय गरेको बताउँछन् ।

Comments :

0 comments to “ए माओवादीद्धारा अमेरीका भ्रमणमा रहेका आफ्ना नेताहरुलाई नेपाल फर्कन आग्रह”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger