हाम्रो संखुवासभा समाचारदाता
विश्वमा धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल पनि पर्छ । ट्रान्सप्यारेन्सी इन्टरनेसनलले गरेको भ्रष्टाचारसम्बन्धी सन् २००९ को विश्वव्यापी अध्ययनले नेपाल गतवर्ष १४३औ स्थानमा परेको देखाएको छ भने यो वर्ष १३८औं स्थानमा रहेको जनाईको छ ।
विश्वमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुगमन गरिरहेको सो संस्थाले हालै र्सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल सन् २००८ को तुलनामा सन् २००९ मा झन् बढी भ्रष्टाचार हुने देशमा परेको देखाएको हो । विश्वका १८० देशमा सो संस्थाले गरेको अनुसन्धानमा नेपाल सन् २००८ को तुलनामा थप पाँचस्थान तल झरी सो स्थानमा पुगेको हो ।
सो संस्थाले विशेषगरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्दा निर्वाचन प्रणालीको स्वस्थता र निष्पक्षतालाई प्रमुख आधार बनाउने गर्दछ । कुनै राजनीतिज्ञ एवम् नेताले निर्वाचन जित्नका लागि ठूलो धनराशि खर्च गर्यो भने निर्वाचनपछि उसले बहन गर्नसक्ने र्सार्वजनिक दायित्वको पदबाट पनि निर्वाचनको खर्च उठाउन खोज्नेगरी भ्रष्टाचार गर्नसक्ने सम्भावना रहने हुँदा निर्वाचन प्रणालीमानै सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रतिवेदनले विश्व सबैभन्दा कम भ्रष्टाचार हुने देश न्युजिल्यान्ड र सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको उल्लेख गरेको छ । प्रतिवेदनमा र्सार्क क्षेत्रमध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार भएको देश हो भने भुटान कम भ्रष्टाचार हुने गरेको देशमा पर्दछ । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार निजी क्षेत्रमा भन्दा सरकारी निकायमा हुने गरेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तार् इश्वरीप्रसाद पौडेल नेपालमा भ्रष्टाचार हुनेगरेको स्वीकार्दै उहाँले सैनिक, सर्वोच्च अंदालत, संसद, मन्त्रिपरिषद् र केही निजी क्षेत्रमा भएका भ्रष्टाचार आयोगले हेर्न नपाउने प्रावधान रहेको जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले नेपालले सन २००३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाबाट पारित भएको भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसके पनि नेपालले यो सन्धिको अनुमोदन नगरेकाले आयोगले अनुसन्धानलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “भ्रष्ट्राचारमा नेपाल १३८ औं स्थानमा”
Post a Comment