शाहीकालीन सरकारका उपाध्यक्ष डाक्टर तुल्सी गिरी सहित प्रमुख राजावादी नेताहरुले आज कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कुष्णप्रसाद भट्टराईसंग भेटगरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै राजनीतिक बिषयमा छलफल गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईको सरकारी निवास ललितपुरको भैंसेपाटीमा आज दिउसो शाहीकालीन उपाध्यक्ष डाक्टर तुल्सी गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व शाहीकालीन गृहमन्त्री कमल थापा र राप्रपा नेपालका वरिष्ठ नेता विश्वबन्धु थापाले भेटगर्नुभएको हो ।
भेटमा तीन जना राजावादी नेताहरुले पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य अवस्थाको जानकारी लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता बिश्वन्धु थापाले जानकारी दिनुभयो । भेटबार्तामा उहाँहरुकावीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ । त्यस क्रममा डाक्टर तुल्सी गिरी कमल थापा र विश्वबन्धु थापाले मुलुकलाई राजनीतिक दलहरुले राजनीतिक निकास दिन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । उनिहरुले मुलुकलाई राजनीतिक निकास दिन अब राजसंस्थाको आवश्यक्त रहेको धारणा राखेको स्रोतले जनाएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईलाई भेटगर्नु अघि हिजो उपाध्यक्ष गिरी अध्यक्ष थापा र वरिष्ठ नेता विश्वबन्धु थापाले पूर्वराजा ज्ञानेन्द्र शाहालाई निर्मल निवासमा गएर भेटगरेका थिए । त्यस क्रममा उहाँहरुकावीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “शाहिकालीन मन्त्रीहरु पुगे पुर्वप्रधानमन्त्री भट्टराईको घरमा”
Post a Comment