Browse » Home » » कहाँ भेटिएला र छोडी गए पाप लाग्ला उत्कृष्ट
कहाँ भेटिएला र छोडी गए पाप लाग्ला उत्कृष्ट
नेपाल चलचित्र विकास वोर्डले तीन वर्षको चलचित्र राष्ट्रिय अवार्ड एकैचोटी वितरण गरेको छ।
राष्ट्रिय नाचघर काठमाडौंमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सुचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले उक्त अवार्ड प्रदान गर्नुभएको हो। कार्यक्रममा वोर्डका अध्यक्ष अमर गीरी पनि उपस्थित हुनुहुन्थ्यो। ०६३ सालका चलचित्रमा मिश्रित सफलता विभिन्न चलचित्रले हात पारे पनि ०६५मा कहाँ भेटिएलाले ६ विधामा र ०६६ मा छोडि गए पाप लाग्लाले ७ विधामा अवार्ड हात पार्दै वर्चस्व जमाएका छन्।
उत्कृष्ट अभिनेतामा भुवन केसि(दुनियाँ) २०६३, आर्यन सिग्देल (मौसम) ०६५ र अनुप बराल(दासढुंगा)०६६ भए। त्यसैगरी हिम्मत चलचितत्रका लागि रेखा थापा ०६३ की उत्कृष्ट अभिनेत्री, कहाँ भेटिएलावाट श्वेता खड्का०६५बाट र सञ्चिता लुइटेल छाडि गए पाप लाग्ला ०६६बाट उत्कृष्ट अभिनेत्री ठहररिए।
निर्देशक शीव रेग्मी (दुनियाँ) ०६३ र कहाँ भेटिएला०६५बाट पुरस्कृत भए भने ०६६ को राम्रो निर्देशक उज्जल घिमिरे छाडि गए पाप लाग्लाबाट ठहरिए। गायिकाको अवार्ड अञ्जु पन्तले (सिलसिला)०६५ र (छाडि गए पाप लाग्ला) ०६६ बाट हात पारिन। गायकमा राजेशपायल राई (सिलसिला) ०६५ र दिपक लिम्वु (छाडिगए पाप लाग्ला)०६६ अब्बल दरिए। त्यस्तै नृत्य (०६२ ) कहाँ भेटीएलाबाट वसन्त श्रेष्ठ०६५, रिनासा राई (मेरो एउटा साथी छ)०६६, गीतकार ०६५ किरण खरेल, कृष्णहरू बराल०६६ (हिम्मत), संगीतमा वसन्त सापकोटा ०६५ (सिलसिला), सुरेश अधिकारी०६६(छाडिगए पाप लाग्ला) ले हात पारेका छन्। दन्द निर्देशकमा राजेन्द्र खड्की (कहाँ भेटिएला) र हिमाल केसि (हाँसिदेउ एकफेर)०६६, लेखकमा नयनराज पाण्डे (मैना) ०६५, शीव रेग्मी, विकास आचार्य र रमेश त्यावना ०६६, छायाँकार दीर्घ गुरुङ (भरोसा)०६३, धीरजजङ शाह (सानो संसार) ०६५, र दिपक वज्राचार्यले छाडि गउ पाप लाग्ला ०६६बाट पुरस्कृत भए। संगीत०६५का लागि मैना फिल्मका लागि जुगल डंगोल र ०६६ का लागि सुजिल कर्माचार्य मेरो एउटा साथीको लागि उत्कृष्ट दरिए। ०६५ मा कहाँ भेटिएला र ०६६ मा छोडि गए पाप लाग्ला उत्कृष्ट फिल्म भए। ०६५ मा सहअभिनेता श्याम राई (सुन्दर मेरो नाम) र सहअभिनेत्री मिथिला शर्मा(मिष्टर मंगले) ले अवार्ड हात पारे। श्रृंगार मैनाका लागि रवि केसिले ०६५ मा र इकुका लागि राजु वाईवाले ०६६ मा राम्रो गरे। पुनः ध्वनी मैनाका लागि विनायक अर्यालले राम्रो गरे भने दीप तुलाधरले मेरो एउटा साथी छ का लागि।
त्यसैगरी सामाजिक जागरण अवार्ड मैनाले प्राप्त गर्न सफल भयो भने राष्ट्रिय जागरण दशगजाले र जुरी अवार्ड दासढुंगाले हात पार्योण। आदिवासी जनजाति मातृभाषी फिल्ममा ओमप्रकाश चौधरी, (ए कैसा रिस्ता), अभिनेतामा तेजबहादुर तामाङ(गोदेवा) मेलिना मानन्धर अभिनेत्री(पटाचरा) निर्देशक रामकृष्ण खड्गी(पटाचरा) र फिल्म पनि पटाचरा नै उत्कृष्ट भयो। त्यसैगरी ०६६ मा अभिनेता प्रेमराज चौधरी (डगर),अभिनेत्री मेलिना मानन्धर नै (बालाः मयूजु) लेखक शुरेश ग्याबक(च्याङीयुमी), निर्देशक पवन जोशी –बालाः मयूजू) र फिल्म पनि वालाः मयूजू नै उत्कृष्ट दरियो। नेपाली चलचित्र प्रर्दशन योगदान सम्मान विश्वज्योति हलका सञ्चालक मोहन सर्राफलाई दिईयो भने उद्धब पौडेललाई दीर्घ साधना सम्मान गर्दै दुई लाख नगद पनि प्रदान गरियो। अल्विरिँम र झात्रीले विशेष प्रयास गरेको देखियो भने रमा थपलियाले अल्पविरामका लागि प्रशंसनीय अभिनय गरेको ठहर निर्णायकले गरे।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “कहाँ भेटिएला र छोडी गए पाप लाग्ला उत्कृष्ट”
Post a Comment